Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

३४ बन्धकलाई रिहा गर्न हमास तयार, विपीन जोशीको अवस्था अझै अन्योल

३४ बन्धकलाई रिहा गर्न हमास तयार, विपीन जोशीको अवस्था अझै अन्योल

सोमवार, पौष २२ २०८१
  • काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको युद्ध अर्थात् गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा प्यालेस्टाइनी लडाकु समूह हमास इजरायलबाट बन्धक बनाइ लगेका ३४ जनालाई रिहा गर्न सहमत भएको छ ।

    हमासका एक वरिष्ठ अधिकारीले ३४ बन्धक सार्वजनिक गर्ने जनाएका हुन् । हमासले ३४ बन्धक छाड्ने भने पनि तिनीहरुमध्ये कति जीवित वा मृत के छन् भन्ने अझै स्पष्ट भएको छैन ।

    images

    छाड्ने सूचीमा १० महिला र ११ वृद्ध रहेका छन् । बाँकी युवा पुरुषको नाममा कतिपय हमासले यसअघि इजरायली हवाई आक्रमणमा मारिएको दाबी गरेकाहरुसमेत रहेको पाइएको छ । सूचीमा रहेका नामहरूमा १० महिला र ५० देखि ८५ वर्षका ११ बन्धक छन् ।

    हमासले यो सूचीका धेरै बन्धक बिरामी रहेका जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले भने हमासले बन्धकको सूची अझै उपलब्ध नगराएको जनाएको छ ।

    इजरायलले यसअघि कतारमा युद्धविराम र बन्धक रिहाइ सम्झौतामा पुनः वार्ता सुरु भएको जनाएको थियो । इजरायलले गाजापट्टीमा आक्रमण बढाएका बेला फेरि युद्धविरामका विषयमा वार्ता सुरु गर्ने घोषणा गरिएको हो । 

    नेपाली विद्यार्थी विपीन जोशीलाई पनि हमासले बन्धक बनाएको छ । रिहा गरिने भनिएको ३४ बन्धकको सूचीमा विपीनको नाम भए/नभएको स्पष्ट छैन ।

    गत वर्ष असोज २० मा हमास समूहले इजरायलका आक्रमण गरेको थियो। आक्रमणमा नेपालका १० जना विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए। विपीन भने उक्त घटनापछि बेपत्ता भएका थिए।

    प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले पनि विपीनलाई हमास लडाकुले कब्जामा लिएर लगेको बताउँदै आएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार