Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सेनिटरी प्याडमा लुकाएर तस्करी गरिएको सुन लुटपाट, तीनजना पक्राउ

सेनिटरी प्याडमा लुकाएर तस्करी गरिएको सुन लुटपाट, तीनजना पक्राउ

सोमवार, पौष २२ २०८१
  • काठमाडौं । महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा लुकाएर ल्याइएको सुन लुटपाट गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    यही पुस १४ गते दुबईबाट नेपाल आएकी एक महिलाले प्याडभित्र लेपन बनाएर सुन तस्करी गरेकी थिइन् । उक्त सुन सम्बन्धित ठाउँमा नपुगी लुटिएको थियो । सोही सुन लुटपाटमा संलग्न तीनजनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएको शुक्रबार पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ का २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ की ३२ वर्षीया मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ का २२ वर्षीया लालबहादुर तामाङ छन्

    पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

    लुटपाटमा संलग्न केही व्यक्ति अझै फरार छन् । करिब आधा किलो लेपन लगाइएको सुन प्रहरीले बराबद गरको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार