Oct 29 2026 | २०८३ कार्तिक १३ गते

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण

रवि लामिछानेको नामबाट ७५ लाख विदेश पठाएको भेटियो

रवि लामिछानेको नामबाट ७५ लाख विदेश पठाएको भेटियो

सोमवार, पौष २२ २०८१
  • काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट अपचलन गरेको रकम रवि लामिछानेको नामबाट विदेश पठाएको भेटिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख भएअनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिटमार्फत विदेश पठाएको फेला परेको हो ।

    २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बयानमा रास्वपा सभापति रवि लामिछानेले ‘एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनी’ लाई भुक्तानी बापत सो रकम पठाएको जिकिर गरेका छन् । गोरखा मिडिया नेटवर्कले एलएओ एसिया प्यासिफिक स्याटेलाइट कम्पनीसँग सम्झौता गरेका उनले बताएका छन् ।

    images

    २०७७ चैत २० मा गोरखा मिडिया नेटवर्कको बैठकले जगेडामा रहेको शेयर मध्ये १ लाख ८० हजार थान रवि लामिछानेलाई खरिद गर्न अनुमति दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार लामिछानेलाई जीबी राईले सहकारीको रकम ट्रान्सफर गरिदिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

    rabi-remit-(2081)_lh6j3EdxwO.webp
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार