Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ठगी

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ

सोमवार, पौष २२ २०८१
  • काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता घर भएका २८ वर्षीय राकेश कुमार रावत, काभ्रेको रोशी घर भएका ३३ वर्षीय दुधराज थिङ र दाङ घर भएर ललितपुर बस्ने ३४ वर्षीया प्रभा श्रेष्ठ छन् ।

    आकर्षक तलबको लोभ देखाएर उनीहरूले विदेश पठाउने नाममा ठगी गरेका हुन् ।

    images

    रावतले मौरिसस पठाउँछु भनेर ६ लाख ४५ हजार, थिङले क्यानडा पठाउँछु भनेर ७ लाख ५० हजार र श्रेष्ठले सिंगापुर पठाउँछु भनेर ७ लाख ८ हजार ठगी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    उनीहरूलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार