Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारी

ईपीएस मार्फत तोकियो कोरियाको हवाई भाडा, भ्याटबाहेक प्रतिटिकट साढे ४८ हजार

ईपीएस मार्फत तोकियो कोरियाको हवाई भाडा, भ्याटबाहेक प्रतिटिकट साढे ४८ हजार

बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । रोजगार अनुमति प्रणाली ९ईपीएस० मार्फत वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदार अब झण्डै ५५ हजार रुपैयाँ भाडामै जान पाउने भएका छन् ।

    वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले हवाई टिकटका लागि युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रा. लि.को प्रस्ताव स्वीकृति गरेको छ ।

    images

    प्रस्ताव स्वीकृत भएसँगै उसले अब ५४ हजार ९९१ रुपैयाँमा हवाई टिकट उपलब्ध गराउने छ । जुन भ्याटसहितको रकम हो । उक्त कम्पनीले  भ्याट बाहेक ४८ हजार ६४५ रुपैयाँको प्रस्ताव हालेको थियो ।

    यसअघि एक लाख २३ हजार रुपैयाँसम्म तिर्नुपर्ने बाध्यता रहेको थियो । अब उक्त कम्पनीसँग सम्झौता भएपछि उक्त रकममा हवाई टिकट उपलब्ध गराउने ईपीएस कोरिया शाखाले जनाएको छ ।

    अब ट्रान्जिट राखेर कामदारलाई कोरिया लैजानेछ । यसअघि सिधा हवाई उडानमार्फत कामदार लैजाने गरिएको थियो । कोरोना महामारीपछि कोरियाले सिधा उडानमार्फत मात्रै नेपाली कामदार लैजाने सर्त राखेको थियो ।

    त्यसपछि ईपीएस मार्फत कोरिया जाने कामदारले डेढ लाख रूपैयाँसम्म हवाई भाडा तिर्दै आएका थिए । त्यसपछि सरकारको पहलमा केही भाडा घटाएर एक लाख २३ हजारमा झारिएको थियो ।

    विगत केही वर्षदेखि नै उक्त ट्राभल्सले कोरियाको हवाई टिकट काट्दै आएका छ । इपीएस कोरिया शाखाले गत १३ कात्तिकमा हवाई टिकटका लागि बोलपत्र आह्वान गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार