काठमाडौं । संसदीय सुनुवाइ समितिले श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
मन्त्रिपरिषदको मंसिर ६ गतेको बैठकले श्रीलंकाको राजदूतमा कपिलवस्तुका नेपालीलाई सिफारिस गरेको थियो।
समितिको आइतबारको बैठकले सरकारलाई धन्यवाद दिँदै नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।



