Oct 30 2026 | २०८३ कार्तिक १४ गते

ठगी

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

मंगलवार, पौष ९ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा गोरखा पालुङटार नगरपालिका-७ च्याङली घर भई काठमाडौँ टोखा ग्रिनल्याण्ड बस्ने २८ वर्षीय किशान कुमाल र खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ ओख्रे घर भई काठमाडौं बसुन्धारा बस्ने ३३ वर्षीय युवक खड्का रहेका छन् ।

    images

    प्रहरीका अनुसार उनीहरूले इजरायल पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ र मलेसिया पठाइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो ।

    सम्पर्कविहीन भएपछि पीडितहरूको प्रहरीलाई उजुरी गरेको थियो । सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले किशानलाई शुक्रबार  र  युवकलाई  शनिबार   काठमाडौँ रत्नपार्कबाट पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार