Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चलचित्र ‘फर्की फर्की’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकैदिन रिलिज गर्ने तयारी

चलचित्र ‘फर्की फर्की’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकैदिन रिलिज गर्ने तयारी

बुधवार, जेठ २ २०८१
  • काठमाडौं । नेपाली चलचित्र ‘फर्की फर्की’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकैदिन रिलिज गर्ने तयारी भएको छ । 

    मेगास्टार अनमोल केसी अभिनीत फेन्टासी ड्रामा ‘फर्की फर्की’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज गनर्गे तयारी भएको निर्माता कम्पनी रोहित अधिकारी फिल्म्सले बुधबार जारी विज्ञप्तिमार्फत जानकारी गराएको छ ।  

    images

    अमेरिकामा एकै सातामा ३०० भन्दा बढी शो र अष्ट्रेलियामा एकै सातामा ५०० भन्दा बढी शो तय भएको विज्ञप्तिमा उल्लेख छ । 

    अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्टले यसलाई रिलिज गर्दैछ । अष्ट्रेलियामा हुने प्रदर्शन तालिका सार्वजनिक भइसकेको छ । अष्ट्रेलियाका १८ हलमा फिल्म लाग्ने उल्लेख छ । 

    त्यस्तै यो फिल्मलाई मध्यपूर्वमा रमेश ढकालले रिलिज गर्दैछन् । जापान, हङकङ, दक्षिण कोरिया, बेलायत, माल्टा र न्युजिल्याण्डमा पनि फिल्म लाग्ने तय छ । भारत प्रदर्शनबारे भने केही दिनमा तय हुने जनाइएको छ । 

    पछिल्लो समय नेपाली फिल्म घरेलु बजारसहित विश्वव्यापी प्रदर्शनमा आउने क्रम जारी छ ।

    सुयोग गुरुङ निर्देशित यो फिल्ममा अनमोलसहित जसिता गुरुङको शीर्ष भूमिका छ । 

    फिल्मको ट्रेलरलाई तीन सातामै ३१ लाख पटक हेरिएको छ । शीर्ष गीतलाई १५ लाख पटक हेरिएको छ ।

    जेठ १० मा यो फिल्म देशभित्र र बाहिर एकैसाथ प्रदर्शन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार