Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए

विदेशमा रहेका नेपालीको समस्या समाधान गर्नु सरकारको दायित्व हो : शर्मा

विदेशमा रहेका नेपालीको समस्या समाधान गर्नु सरकारको दायित्व हो : शर्मा

आइतवार, पौष ७ २०८१
  • काठमाडौँ । एनआरएनए अभियान्ता एवंम ११ ‍औँ महाधिवेशनमा बद्री केसीको नेतृत्व अस्वीकार गर्दै एनआरएनएमा नयाँ कार्यसमितिका अध्यक्ष आरके शर्माले सरकारले समयमै विदेशमा रहेका नेपालीको राहदानी नवीकरणलगायतका अत्यावश्यक सेवामा सहजीकरण नगरिदिँदा समस्यामा पर्ने गरेको गुनासो गरेका छन् । 

    सरकारले पटक पटक यस्ता विषयमा ध्यान नदिएको भन्दै शर्माले समस्या समाधानका लागि प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री आरजु राणा र श्रममन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएका हुन् । पछिल्लो समय विदेशमा बसोबास गर्ने नेपालीहरू त्यसमा पनि विशेषगरी मध्यपुर्वलगातका देशमा रहेका श्रमिकहरुले समेत पासपोर्ट नवीकरणसम्बन्धी समस्या भोग्न बाध्य भएको उनले बताए ।

    images

    संजालमा लेख्दै शर्माले, ‘पासपोर्ट नवीकरण गर्नै  पनि धेरै देशहरूमा दुई तीन महिनासम्म कुर्नुपर्ने बाध्यता छ, पोर्चुगल, माल्टा, इराक लगायत देश, जहाँ नेपाली घनत्व छन् र ती देशमा दूतावास पनि नभएका कारण समयमै पासपोर्ट नवीकरण गराउन नसक्दा अहिले धेरैले जागिर गुमाउनुपर्ने लगायत समस्या लामो समयदेखि भोग्न बाध्य छन् । तर सरकारले समस्या समाधानमा ढिलाइ गर्दै आएको छ ।’

    यी समस्या समाधान गर्न सम्बन्धित देश कतार, साउदी, मलेसिया, लगायत चाप बढी भएका दूतावासमा केही कर्मचारी थप गर्ने अनि करिब ३० लाख रुपैयाँ जति पर्ने एउटा डिभाइस थपे पुग्ने कुरा भएको उनको भनाइ छ । ‘तर यो काम गर्न  असम्भव हो कि सरकारको प्राथमिकतामा नपरेका हो यो भन्ने प्रश्न अगाडि आएको छ’, उनले भने ।

    भर्खरै नेपाल सरकारले एयरपोर्ट मर्मतको नाममा एयरपोर्टको समय तालिका घटाएर चाडबाड मनाएर श्रमिक नेपाली स्वदेश फर्किने बेलामा ३० हजारको टिकटलाई डेढ लाख सम्म तिर्नुपर्ने बाध्यता निम्त्याएको स्मरण गर्दै उनले देशको जीडीपीमा झन्डै ३० प्रतिशत भन्दा माथि योगदान गरेका विदेशमा रहने श्रमिक नेपालीहरूको समस्या समाधानमा सरकार बेलैमा गम्भीर बन्नुपर्नेमा जोड दिए । 

    ‘विदेशमा रहेका भूइँमान्छे श्रमिक नेपालीको समस्या समाधानमा सम्मानित राजनीतिक नेताहरू र सरकारसहित सरोकारवालालाई हातमा हात मिलाएर राजनीति भन्दा माथि उठेर निस्वार्थ भावले काम गर्न हार्दिक आह्वान गर्दछु’, उनले भने । यसका लागि एनआरएनएको तर्फबाट आफूले सक्दो सहजीकरण गर्न तयार रहेको शर्माले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार