Oct 28 2026 | २०८३ कार्तिक १२ गते

साढे १६ वर्षमा वैदेशिक रोजगारीमा गएका १४ हजारभन्दा बढीले गुमाए ज्यान, साढे तीन हजारको अंगभंग

साढे १६ वर्षमा वैदेशिक रोजगारीमा गएका १४ हजारभन्दा बढीले गुमाए ज्यान, साढे तीन हजारको अंगभंग

बुधवार, पौष ३ २०८१
  • काठमाडौं । बितेको साढे १६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका मध्ये १४ हजारभन्दा बढी नेपालीको मृत्यु भएको छ । आर्थिक वर्ष २०६५/६६ देखि २०८१/८२ को मंसिर मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा उनीहरूको मृत्यु भएको हो ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको विवरणानुसार, उक्त अवधिमा कुल १४ हजार २१३ जनाको मृत्यु भएको छ । सोही अवधिमा वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार ४४० नेपाली अंगभंग भएर फर्किएको बोर्डको तथ्यांकले देखाउँछ ।

    images

    वैदेशिक रोजगारीका निम्ति नेपाली समाजले महँगो सामाजिक मूल्य चुकाउनुपरेको बोर्डको तथ्यांकले देखाएको छ ।

    चालु आर्थिक वर्ष २०८१र८२ सुरु भएयताको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा ७१६ नेपालीले ज्यान गुमाएका छन् । २०६५र६६ यता प्रत्येक वर्ष औसतमा ८६५ भन्दा बढी र हरेक महिना औसतमा ७२ बढी नेपालीको मृत्यु वैदेशिक रोजगारीका क्रममा भएको देखिन्छ ।

    बोर्डका अनुसार, वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०६५/६६ मा ७८ जना, २०६६/६७ मा ४२१, २०६७/६८ मा ५६४, २०६८/६९ मा ६४७, २०६९/७० मा ७७२, २०७०/७१ मा ८७७, २०७१/७२ मा एक हजार ६, २०७२/७३ मा ८२६ र २०७३/७४ मा ७५८ नेपालीको मृत्यु भएको थियो ।

    यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ८२६, २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२, २०७७र७८ मा एक हजार २४३, २०७८/७९ मा एक हजार ४७९, २०७९/८० मा एक हजार २०८ र २०८०/८१ मा एक हजार ३५५ नेपालीको मृत्यु भएको थियो ।

    वैदेशिक रोजगारीमा गएका मध्ये एकै वर्ष सबैभन्दा बढी नेपालीको मृत्यु आर्थिक वर्ष २०७८र७९ मा भएको देखिन्छ ।

    वैदेशिक रोजगार विभागको तथ्यांकानुसार, बितेको १६ वर्षमा ६५ लाख १३ हजार ४६२ नेपाली श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या वैधानिक तरिकाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जानेको मात्र हो । आर्थिक वर्ष २०६५/६६ देखि २०८०/८१ सम्मको अवधिमा उक्त संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।

    पछिल्लो १६ वर्षमा वैदेशिक रोजगारीमा गएका मध्ये ६० लाख ७४ हजार ९०९ पुरुष र चार लाख ३८ हजार ५४८ महिला छन् ।

    कुल वैदेशिक रोजगारीमा गएका मध्ये महिलाको संख्या ६.७३ प्रतिशत छ । बाँकी ९३.२७ प्रतिशत पुरुष छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार