Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कम जरिमाना तिरेर स्वेच्छिक फिर्ताका लागि मलेसियाका अध्यागमनमा भीड

कम जरिमाना तिरेर स्वेच्छिक फिर्ताका लागि मलेसियाका अध्यागमनमा भीड

आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । आगामी ३१ डिसेम्बरमा समाप्त हुने आप्रवासी स्वदेश फिर्ता कार्यक्रमअन्तर्गत स्वेच्छिक फिर्ताका लागि आवेदन दिनमलेसियाका अध्यागमन कार्यालयहरूमा डिसेम्बरयता हजारौं विदेशी नागरिक र कामदारको भीड बढेको छ । 

    १ मार्चमा सुरु गरिएको स्वेच्छिक फिर्ताको कार्यक्रमले अध्यागमन अपराध गरेका विदेशी नागरिकहरूलाई कम जरिमाना तिरेर स्वेच्छाले आफ्नो देश फर्कन अनुमति दिने घोषणा गरेकोे छ । मलेसियाको अध्यागमन ऐनअनुसार ओभरस्टे गरेको कसुरमा सामान्यतया १० हजार रिंगेटसम्म जरिमाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

    images

    तर, मलेसिया सरकारले ३१ डिसेम्बरसम्म ३०० देखि ५०० रिंगेट जरिमाना तिरेर स्वदेश फर्किन पाउने व्यवस्था गरेकोे छ ।

    उनले मलेसिया सरकारले दिएको जरिमाना छुटको रकमबारे ओभरस्टे भई लुकीछिपी बसेका नेपालीसहित अधिकांश विदेशी कामदारलाई जानकारी नहुने भएकाले उनीहरूले त्यसको लाभ लिन नसकी बाध्यताले लामो समय मलेसियामा अवैधानिक रहने गरेको उल्लेख गरे ।

    मलेसियाको क्वालालम्पुर अध्यागमन विभागका निर्देशक वान मोहम्मद साउपी वान युसुफले डिसेम्बर पहिलो सातासम्म २७ हजार विदेशी नागरिकले कार्यक्रमअन्तर्गत स्वदेश फर्किन आवेदन दिएका बताए । उनले ओभरस्टे भई स्वदेश फर्किन चाहने आवेदकहरूले आफ्नो अपराधको आधारमा ३०० देखि ५०० रिंगेटका बीचमा जरिमाना तिर्नुपर्ने बताए ।

    मलेसियाले उक्त कार्यक्रमबारे भिडियो बनाएर टिकटकलगायतका सामाजिक संजालका माध्यमबाट प्रचारप्रसार गरिरहेको छ । मलेसियाका संचार माध्यमहरूले मलेसियाले विदेशी कामदार आपूर्ति गर्ने स्रोत मुलुकका दूतावासहरूसँग सम्पर्क गरिरहेको भन्दै सम्बन्धित देशका दूतावासहरूले पनि आफ्ना नागरिकलाई परामर्श दिनुपर्ने बताएका छन् ।

    मलेसियाली अध्यागमनले कुनै एजेन्ट वा तेस्रो पक्षलाई अध्यागमन विभागका तर्फबाट आवेदनहरू ह्यान्डल गर्न अधिकार नभएको जानकारी दिँदै बिचौलियाको भर नपर्न पनि आग्रह गरेको छ ।

    स्वदेश फिर्ता कार्यक्रममा सहभागी भएका १ नेपाली कामदारले २ वर्षभन्दा बढी समय मलेसियामा काम गरेपछि आफू मलेसिया छाड्न आतुर भएको भए पनि राहदानी नवीकरण नहुँदा ओभरस्टे भएको अवस्थामा मलेसिया सरकारको घर फिर्ती कार्यक्रमले हिरासतको डरबिना सुरक्षित घर फर्कन पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।  

    मलेसियामा इन्डोनेसियाली, बंगलादेशीपछि नेपाली ठूलो संख्यामा रहेका विदेशी कामदारको समूहमा पर्छन् । तर, इन्डोनेसियाली कामदार ओभरस्टेको समस्यामा रहेकोे बताइएको छ । मलेसियाले कागजातविहीन आप्रवासी कामदारहरूको अवस्था घटाएपछि मात्र नयाँ विदेशी कामदारका बारेमा निर्णय लिन पनि घर फिर्ती कार्यक्रमलाई बढी महत्त्व दिएको त्यहाँका संचार माध्यमहरूले उल्लेख गरेका छन् ।

    मलेसियाले हाल सानोसानो संख्यामा प्लान्टेसन क्षेत्रको एप्रुभल दिएको छ । मलेसियाली कार्यबाहक राजदूत आजमानले हालको सानोसानो संख्याको एप्रुभल मलेसियामा विदेशी कामदारको एप्रुभल खुल्दै छ भन्ने जनाउ मात्र भएको टिप्पणी गरे ।

    उनले भने, ‘मलेसियाबाट एकै पटक ठूलो संख्यामा कामदारको डिमान्ड नआउन सक्छ । हामी विस्तारै विस्तारै खुलाउने योजनामा छौं ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार