मलेसिया । मलेसियाको जोहोरबारु पोन्टेनस्थित एक कम्पनीको होस्टलमा आगलागी हुँदा बैतडी, मेलौलीका दिपक सिंह नायकको मृत्यु भएको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेका उनको आइतबार बिदाको दिन रातिको काम सकाएर होस्टलमा सुतिरहेको बेला अचानक आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो ।
उनकोे शव प्रहरीले पोस्टमार्टमका लागि लगेको र आवश्यक कानूनी प्रक्रिया पु¥याएरस्वदेश फर्काउने तयारी भइरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।



