Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नबिल बैंकको साधारणसभाले पारित गर्‍यो १०% नगद लाभांश

नबिल बैंकको साधारणसभाले पारित गर्‍यो १०% नगद लाभांश

बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौं ।  नबिल बैंकले १० प्रतिशत नगद लाभांश पारित गरेको छ। बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औं वार्षिक साधारण सभाले नगद लाभांश पारित गरेको हो।

    साधारण सभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात् आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

    images

    समीक्षा वर्ष २०८०/८१ मा बैंकले ६ अर्ब २० करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

    गत आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप दायित्वमा ६६ अर्ब १० करोड रूपैयाँ अर्थात् १६.४१ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ४६ अर्ब ३२ करोड अर्थात् १३.६५ प्रतिशत वृद्धि भई ३ खर्ब ८५ अर्ब ७२ करोड रूपैयाँ पुगेको छ।

    त्यस्तै, साधारण सभाले सञ्चालक समितिमा अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ। बैंकको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहको  प्रतिनिधित्व गर्ने दुई सञ्चालक पदका लागि भएको निर्वाचनमा पौड्याल र टिवडेवाला निर्विरोध निर्वाचित भएका हुन्।

    साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै आफ्नो बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए।

    बैंकले समुन्नत देश, समाज, सेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारी लगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर कार्य गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि बैंक सक्रिय रहेको पौडेलले बताए।

    नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएम मेसिनबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार