Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार बचतपत्र खरीदमा सरोकारवालाहरु अनिच्छुक

वैदेशिक रोजगार बचतपत्र खरीदमा सरोकारवालाहरु अनिच्छुक

आइतवार, बैशाख ३० २०८१
  • काठमाडौं । साउदी, कतार, ओमान, दुबई, मलेसिया लगायतका देशमा गएका नेपालीले कमाएको रेमिट्यान्स रकम बचत गरी त्यसलाई उत्पादनमूलक क्षेत्रमा लगाउने उद्देश्यका साथ राष्ट्रबैंकले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र’प्रति सरोकारवालाहरुको चासो देखाएका छैनन् ।

    भारत बाहेकका खाडी तथा सरकारले तोकेका अन्य मुलुकहरुमा रोजगारीका निम्ति गएकाहरुको रकम सुरक्षित बचतको निम्ति बचतपत्र निकै भरपर्दो भनेपनि ती देशमा रहेका नेपाली कामदारहरुले यसप्रति चासो नदेखाएपछि गैरआवासीय नेपालीलाई वैदेशिक रोजगार बचतपत्र–२०८६ मा लगानीका लागि आह्वान गरिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार एक सूचना प्रकाशन गरी १ अर्ब रूपैयाँको उक्त बचतपत्र खरिदका लागि आह्वान गरेको हो ।

    images

    वैदेशिक रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली नागरिकले खरीद गर्न सक्ने प्रावधान अहिले थप गरिएको छ । वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएकाहरूले आफू वा आफ्नो परिवारको बुबा, आमा, श्रीमान, श्रीमती, छोरा र छोरीको नाममा बचतपत्र खरिद गर्न सक्ने प्रावधान रहेको छ ।

    बचतपत्र घटीमा १० हजार र बढीमा १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकको रकमसम्म खरिद गर्न पाइने सूचनामा उल्लेख छ । गत वर्ष वार्षिक १२ प्रतिशत रहेको  बचतपत्रको वार्षिक ब्याजदर यसपटक भने ९ प्रतिशतमा झारिएको छ । बचतपत्र खरिदको निम्त ०८१ वैशाख २३ देखि जेठ २२ गतेसम्मको समयसीमा तोकिएको छ । 
    बचतपत्र खरिदका लागि राहदानी, भिसाको प्रतिलिपि, विदेशी मुद्रामा खाता रहेको भए बचतपत्र खरिदमा प्रयोग भएको उक्त रकम, पासपोर्ट साइजको दुईप्रति फोटो,  जम्मा वा खर्च भएको बैंक स्टेटमेन्ट, विदेशमा कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि, परिवारका सदस्यका नाममा खरिद गर्ने भए उनीहरूको नागरिकता प्रमाणपत्र, नाबालिगको नाममा भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने प्रावधान रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार