Oct 28 2026 | २०८३ कार्तिक १२ गते

‘स्वदेशको मुहार’ अध्यागमन डेस्कमा गरिँदैछ सुधार

‘स्वदेशको मुहार’ अध्यागमन डेस्कमा गरिँदैछ सुधार

बिहिवार, मंसिर १३ २०८१
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्कमा सुधार अभियान थालिएको छ। अध्यागमनमा प्रस्थान गर्ने र आगमन हुने डेस्कमा सुधार गरी सेवाग्राहीलाई सहज बनाउने कार्य थालिएको हो।

    अध्यागमन डेस्क अपुग हुँदा यात्रुहरू लामो समयसम्म लाइनमा बस्नुपर्ने, भीडभाड हुने र दुःख झन्झट व्यहोर्नुपर्ने अवस्था सिर्जना भएपछि त्यस्तो अवस्थालाई अन्त्य गर्न अध्यागमन विभागले हालैमात्र आगमन र प्रस्थानतर्फ ८–८ वटा डेस्क थप गरेको हो। यसरी अब दुवैतर्फ २२÷२२ वटा डेस्क बनाइएको छ।

    images

    अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले सेवाग्राहीको समस्यालाई मध्यनजर गरी प्रस्थान र आगमन गरी दुवैतर्फ ८–८ वटा डेस्क थप गरी सुधार अभियान थालिएको जानकारी दिनुभयो। दुवैतर्फ डेस्क थप गरिएपछि विदेशतर्फ जाने यात्रुहरू र विदेशबाट आउने सेवाग्राही यात्रुले निकै सहज अनुभूति गर्न थालेको बताइएको छ।

    अध्यागमन विभागले विमानस्थलस्थित अध्यागमन कार्यालयमा अधिकृतहरूको अभाव हुन नदिने गरी विभिन्न उपायहरूको खोजी गरिरहेको जनाइएको छ। कहिलेकाहीँ अध्यागमन डेक्समा अधिकृतहरूको अभाव हुँदा यात्रुहरूलाई झन्झट र दुःख व्यहोर्नुपर्ने बाध्यता छ।

    अध्यागमन विभागका अनुसार आगमन र प्रस्थान गरी दुवै डेस्कमा १ सय ३८ जनाभन्दा बढी अधिकृतको आवश्यकता पर्ने भए पनि हाल अध्यागमनमा १ सय २१ को मात्रै दरबन्दी रहेको छ । त्यसैले त्यहाँ दरबन्दी वृद्धि गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हाल दरबन्दीअनुसारकै एक सय २१ जना अधिकृत रहे पनि उनीहरूमध्ये केही अधिकृतहरू बिरामी पर्ने र केही विभिन्न कामले बिदामा बस्नुपर्ने भएकाले सबैजना एकैपटक काममा जान नसक्ने अवस्थाले गर्दा पनि समस्या हुने गरेको बताइएको छ । विभागका महानिर्देशक रिजालले अब अध्यागमनमा केही अधिकृतहरू थप्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । ‘अब अध्यागमन डेस्कलाई पूर्ण बनाउन पनि १ सय ३८ जना अधिकृत आवश्यक पर्छ, अहिले जम्मा १ सय २१ जना छन्, त्यसैले समस्या परिरहेको छ’ –विभागका महानिर्देशक रिजालले भन्नुभयो ।

    गृह मन्त्रालयले पनि केही समय अघिमात्रै अध्यागमन सुधार गर्न भन्दै मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको नेतृत्वमा एक समिति गठन गरेको छ । सो समितिले पनि सुधारका लागि विभिन्न कार्यहरू गरिरहेको बताइएको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तीथराज भट्टराईले कार्यालय सुधारका लागि विभिन्न कार्यहरू थालिएको जानकारी दिनुभयो।

    उहाँले अध्यागमनमा विभिन्न खाले गुनासाहरू आउने क्रम बढेकाले गुनासो सुन्ने गरी छुट्टै गुनासो सुन्ने अधिकारी तोकिएको र ती अधिकारीमार्पmत गुनासो संकलन गरी समाधानका लागि पहल गरिने बताउनुभयो । यसै गरी अध्यागमन सेवा प्रवाहको क्रममा देखिने समस्या समाधानका निम्ति हुने उपायहरू पत्ता लगाउन अध्यागमन अनुसन्धान विश्लेषण तथा प्रशिक्षण केन्द्र स्थापनाको पहल भइरहेको छ।

    प्रमुख अध्यागमन अधिकृत भट्टराईका अनुसार अध्यागमन प्रहरी, विमान कम्पनी र नागरिक उड्डययन कार्यालयसँगको सहकार्यमा सबै निकायका प्रतिनिधि बस्ने गरी कमान्ड पोस्ट सञ्चालनको तयारीसमेत थालिएको छ । यसै गरी अध्यागमनबाट भिसा लिन नेपालभित्र रहेका विदेशीहरूको हकमा भिसा शुल्क अनलाइन भुक्तानी हुने व्यवस्था मिलाइएको छ भने अध्यागमन प्रवेशद्वारमा अध्यागमनमा पूरा गर्नुपर्ने प्रक्रिया र शुल्कहरूको विषयमा डिस्प्ले बोर्डको व्यवस्था गरिएको छ। विदेशीलाई देखाउने स्वदेशको मुहारका रूपमा रहेको अध्यागमन डेस्कलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने कार्यसमेत जारी राखिएको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार