काठमाडौं । आकर्षक तलवसहितको प्रलोभन देखाउँदै विभिन्न व्यक्तिहरुलाई ठगीहिँडेका थाहा नगरपालिका–२ का असिम नगरकोटीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानको वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।
रकम असुलेर बेपत्ता भएपछि पिडीतहरुले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको ठगी प्रमाणित भएकोले थप अनुसन्धानको लागि विभाग पठाइएको जानकारी उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले दिए ।



