Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारीमा २८ लाख ठगी गरेको आरोपमा काठमाडौँबाट २ जना पक्राउ

वैदेशिक रोजगारीमा २८ लाख ठगी गरेको आरोपमा काठमाडौँबाट २ जना पक्राउ

आइतवार, कार्तिक २५ २०८१
  • वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा काठमाडौँबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    दुबई पठाइदिने बहानामा  रकम ठगेको अभियोगमा धादिङको गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका हुन्। 

    images

    अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीनजना पीडितबाट रु १९ लाख ७० हजार र पराजुलीले रु आठ लाख १७ हजार ठगेका प्रहरीले जनाएको छ। 

    पक्राउपछि अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार