Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बैंकमार्फत विना धितो ऋण दिइने

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बैंकमार्फत विना धितो ऋण दिइने

मंगलवार, कार्तिक १३ २०८१
  •  काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ ।

    शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।
    बैंकले दिने उक्त ऋण श्रमिकको खातामा नभई सिधै मेनपावर व्यवसायीलाई पठाउनेगरी व्यवस्था गर्न लागिएको हो । मन्त्रालयले त्यसका लागि यसअघि नै नीतिगत व्यवस्था गरिसकेको छ । अहिले कार्यविधिको अन्तिम मस्यौदा तयार भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए ।

    images

    गाउँघरमा वैदेशिक रोजगारीमा जान चाहने कतिपयले महँगो ब्याजदरमा साहु महाजनसँग ऋण लिनुपर्ने बाध्यता छ । खासगरी विपन्न वर्गका युवाले यस्तो समस्या बढी झेल्दै आएका छन् ।

    यस्तो अवस्था अन्त्यका लागि बैंकबाट सिधै ऋण दिने व्यवस्था गर्न लागेको मन्त्री भण्डारीको भनाइ थियो । मन्त्रालयले तिहार लगत्तै कार्यविधिको मस्यौदामाथि थप छलफल गर्ने तयारी गरेको छ ।

    त्यसरी बैंकबाट विनाधितो ऋण लिएर विदेश जाने श्रमिकले त्यही बैंकमार्फत विदेशबाट आफ्नो परिवारलाई पैसा पठाउने र ऋणको किस्ता पनि तिर्दै जाने व्यवस्था गर्न लागिएको हो । यसो गर्दा हुन्डी लगायत अवैध रूपमा रेमिट्यान्स भित्रिने प्रवृत्ति पनि रोकिने सरकारको विश्वास छ ।

    मन्त्रालयले ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक लगायतका बैंकसँग छलफलसमेत चलाएको छ । ती सबै बैंक वैदेशिक रोजगारीमा जानेहरूका लागि विनाधितो ऋण दिन सकारात्मक देखिएका छन् ।

    श्रमिकले गर्ने बीमा नै धितोको रूपमा हुने र त्यसको सट्टा सरकार नै जमानीमा बस्नसमेत सक्ने मन्त्री भण्डारीको भनाइ छ । यस्तो गरेको खण्डमा व्यवसायीहरूले लिँदै आएको चर्को शुल्कको समस्या समेत समाधान हुने मन्त्रालयको बुझाइ छ । मन्त्रालयले तिहार लगत्तै कार्यविधिको मस्यौदामाथि थप छलफल गर्ने तयारी गरेको छ ।

    वैदेशिक रोजगारीमा गइसकेपछि श्रमिकले बैंकमार्फत पैसा पठाउनुपर्ने हुन्छ । त्यसबाटै बैंकको किस्ता पनि काटिने र सामाजिक सुरक्षा कोषमा मासिक रूपमा योगदान गर्नुपर्ने शुल्क समेत काटिनेगरी व्यवस्था गर्न लागिएको मन्त्रालयको भनाइ छ ।

    हाल वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य योगदान गर्नुपर्ने हुन्छ । पहिलो पटक नेपालबाट जाँदा एक महिनाको योगदान गर्ने तर, विदेश गइसकेपछि दोस्रो महिनाबाट कोषमा पैसा जम्मा गर्नेको सङ्ख्या न्यून छ । विनाधितो ऋणको व्यवस्था गरेको खण्डमा कोषमा मासिक रूपमा आफैँ काटिने व्यवस्था समेत गर्ने गरी मन्त्रालयले तयारी गरेको हो ।

    बैंकर्स एसोशिएसन, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्ड लगायत सरोकारवाला निकायसँग छलफल गरेर मन्त्रालयले ड्राफ्ट तयार पारेको हो । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विनाधितो ऋण दिन सकियो भने बाहिर चर्को ब्याजदरमा ऋण निकाल्नुपर्ने बाध्यता कम गर्न सकिन्छ भन्ने मन्त्रालयको आशय हो ।

    मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

    गभर्नर महाप्रसाद अधिकारीले आर्थिक् वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार