Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युद्धग्रस्त लेबनानमा श्रम स्वीकृति रोक्ने तयारी

युद्धग्रस्त लेबनानमा श्रम स्वीकृति रोक्ने तयारी

शुक्रवार, कार्तिक ९ २०८१
  • काठमाडौं । इजरायल र हिजबुल्लाहबीचको युद्ध चर्किंदै गए पनि सरकारले लेबनानमा श्रमिक पठाउने प्रक्रियामा रोक लगाएको छैन ।

    युद्धग्रस्त लेबनानमा रहेका करिब ७०० नेपाली घरेलु महिला श्रमिक त्रासमा रहेको खबर आइरहे पनि थप श्रमिक पठाउन नदिने निर्णय अझै भएको छैन ।

    images

    वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीका अनुसार, लेबनानको सुरक्षा अवस्थाबारे परराष्ट्र मन्त्रालयसँग छलफल जारी छ । उनले भने, “परराष्ट्र मन्त्रालयसँग स्थिति अनुगमन गर्दैछौं, श्रम स्वीकृति रोक्नेबारे छलफल भइराखेको छ ।”

    अहिलेसम्म सरकारले लेबनानमा रहेका नेपालीहरूलाई असुरक्षित ठहर गरेको छैन।  तर, लेबनानी विपद् जोखिम व्यवस्थापन इकाइको ताजा प्रतिवेदनले इजरायली हवाई हमलाबाट २,५३० जनाको मृत्यु भएको र ११,८०३ जना घाइते भएको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार