चितवन । नेपाली समलिंगी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ ।
नेपाली समलिंगी पुरुषले नेपालमा अमेरिकी समलिंगी पुरुषसँग विवाह दर्ता गरेको यो पहिलो घटना हो ।
धरान उपमहानगरपालिका–११ का प्रजित बुढाथोकी र अमेरिकाका जोसेफ फोस्टर एलिसको विवाह दर्ता भएको हो ।
उनीहरूले आइतबार विवाह दर्ता प्रमाणपत्र लिएका हुन् । जोसेफ संयुक्त राज्य अमेरिकाको न्यूयोर्क सहरका हुन् ।




