Oct 29 2026 | २०८३ कार्तिक १३ गते

आजको विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?

आजको विदेशी मुद्राको विनिमय दर : कुनको मूल्य कति ?

मंगलवार, आश्विन २२ २०८१
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ११ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ११ पैसा, स्वीस फ्रयांक एकको खरिददर एक सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

    images

    अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ र बिक्रीदर ९१ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार