Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

दशैंको मुखमा देश छाड्नेहरु कम छैनन् !

दशैंको मुखमा देश छाड्नेहरु कम छैनन् !

रोजगारी र अध्ययनका लागि केही मानिसहरु टीका र खादा लगाएर विदेशिरहेका भेटिन्छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरु विदेश जानका लागि परिवारसँग खुशी र दुःख एकैसाथ साट्दै गरेको दृश्यहरु देख्न सकिन्छ ।

आइतवार, आश्विन २० २०८१
  • काठमाडौं । दशैं तिहारको मुखमा देश छाड्नेहरुको संख्यामा कमी आएको छैन । महान चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरु गाउँ पुगिरहँदा विदेशिनेहरुको संख्यामा कमी आएको छैन ।

    रोजगारी र अध्ययनका लागि केही मानिसहरु टीका र खादा लगाएर विदेशिरहेका भेटिन्छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरु विदेश जानका लागि परिवारसँग खुशी र दुःख एकैसाथ साट्दै गरेको दृश्यहरु देख्न सकिन्छ ।

    images

    अधिकांश नेपालीहरु दशैँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । अहिले दशैँ मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको उनीहरुको भनाइ छ ।

    चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी भदौमा ५७ हजार ४९३ नेपालीहरुले देश छाडेका छन् ।

    वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक बर्ष ०८१।०८२ को भदौ महिनामात्र विदेशिनेमध्ये ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला रहेका छन् । साउनमा ६० हजार विदेशिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार