Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सिस्नेरी पहिरोमा ज्यान गुमाएका खेलाडीका परिवारलाई एनआरएनए मलेसियाको आर्थिक सहयोग

सिस्नेरी पहिरोमा ज्यान गुमाएका खेलाडीका परिवारलाई एनआरएनए मलेसियाको आर्थिक सहयोग

शुक्रवार, आश्विन १८ २०८१
  • काठमाडौं । गत शनिबार इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने सिस्नेरी खोलाको पहिरोमा परि ज्यान गुमाएका एन्फा एकेडेमीका ६ जना प्रशिक्षार्थी खेलाडीका परिवारलाई एनआरएनए मलेसियाले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

    एनआरएनए मलेसियाले प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउने प्रशिक्षार्थी खेलाडीहरूको परिवारजनप्रति समवेदना व्यक्त गर्दै जनही एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । पहिरोमा परि मकवानपुरका अनुप घलान, दिवस बानिया र साइमन योञ्जन, काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मीको निधन भएको थियो ।

    images

    एनआरएनए मलेसियाका कोषाध्यक्ष बालध्वज लिम्बू खेलाडीहरूको निधनले अत्यन्त दुखित बनाएको बताउँदै केही दिनमै नेपाल गएर एन्फाका उपाध्यक्ष दावा लामासँगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्ने जानकारी दिए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार