Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आज नेपालले ओमानसँग भिड्दै

आज नेपालले ओमानसँग भिड्दै

बुधवार, आश्विन १६ २०८१
  • काठमाडौँ । क्यानाडा भ्रमणमा रहेको नेपालले आफ्नो अन्तिम खेल आज ओमानसँग खेल्दैछ । किङ सिटीमा हुने खेल राति ९: ४५ बजे सुरु हुनेछ।

    शनिबार राति भएको पहिलो खेलमा घरेलु टोली क्यानडासँग नेपाल १४ रनले पराजित भएको थियो। क्यानडाले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सक्यो।

    images

    तर, सोमबार बिहान भएको दोस्रो खेलमा गुल्सनकुमार झाको अलराउन्डर प्रदर्शनसँगै नेपालले ओमानलाई ३७ रनले पराजित गर्दै सिरिजमा पुनरागमन गरेको थियो। यद्यपि, मंगलबार भएको खेलमा भने नेपाल क्यानडासँग चार विकेटले पराजित भएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार