उमाकान्त पाण्डे, दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को अजमानमा ज्यान गुमाएकी राधिका घिमिरेको मृत्यु प्रकरण अहिलेसम्म टुङ्गिन सकेको छैन ।
रोजगारीका लागि यूएई आएकी पाणिनी- ५ मैदान, अर्घाखाँचीकी राधिका घिमिरेको ६ महिना पहिले अजमानको चाईनामल नजिकैको भुईमा छेदबिच्छेद अवस्थामा भेटिएको थियो । राधिकाको मृत्युलाई उनको परिवारले रहस्यमय भन्दै उनका श्रीमान् टीकापुर- ७ कैलालीका नेत्र प्रसाद न्यौपाने उपर राष्ट्रिय महिला आयोग मार्फत किटानी जाहेरी दिएका थिए । मृतक राधिकाको परिवारले महिला आयोगको जिल्ला इकाइ अर्घाखाँची र कपिलवस्तु मार्फत जाहेरी बुझाएका थिए । यधपी मृतक राधिकाका श्रीमान नेत्र प्रसाद अहिले सम्म संपर्क विहिन छन् ।
सोही मृत्युको प्रकरणमा जोडीएका राधिकाका छिमेकी भाई थानेस्वर घिमिरे भने हाल यूएईको खुल्ला आकाश मुनी कैदी जीवन सरह जीवन बिताइरहेका छन् । थानेस्वरले अनाहकमा आफु फसेका कारण नेपाल फर्काउन हारगुहार गरिरहेका छन् ।
दिदी राधिकाको मृत्युहुनु अघि दिदी भिनाजुले काम लगाइदिने भन्दै ६ महिना पहिले थानेस्वरलाई यूएई बोलाएका थिए । गएको चैत अन्तिम साता दुबई आएका थानेस्वर अहिले न त नेपाल फर्किन पाएका छन् , न त कही काम गर्न नै पाएका छन् । दिदी राधिका र भिनाजु नेत्र प्रसादले थानेस्वरलाई यूएई बोलाएर अजमानमा आफुहरुसँग राखेका थिए । यूएई आएको ५ औ दिन थानेस्वरमाथि बज्रपात पर्यौ ।
भिनाजु नेत्र प्रसादले मधिरा ल्याएर दिदी र आफुसँगै बसेर पिउन भनेपछि थानेस्वरले पनि चियर्स गरे । खुशीका साथ रक्सी पिउन सुरु गरेका दिदि भिनाजु बीच झगडा भयो । दिदी भिनाजुको झगडा नीकै बेर चलिरह्ये । धेरै बेर झगडा हुँदा थानेस्वरलाई राम्रो लागेन र उनी उठेर शौचालय छिरे । शौचालयबाट आउँदा थानेस्वरले दिदी राधिकालाई कोठामा देखेनन् । भिनाजु नेत्र प्रसादलाई दिदी बारे सोधे । नेत्र प्रसादले दिदी राधिकाले झ्यालबाट हाम फालेर आत्महत्या गरेको भन्दै घर मुनी बाटोमा शव देखाए । थानेस्वर चिचाउदै दिदी राधिकालाई हेर्न बिल्डिङ मुनी पुगे र दिदि राधिकालाई नियाले ।
दिदिको भरोसामा यूएई आएका थानेस्वरको न समाउने हागो न टेक्ने डालो, थानेस्वर डराए । अरबको ठाउँ, ५ दिन अघि मात्रै यूएई आएका थानेस्वरले के गर्ने के नगर्ने केही सोच्न सकेनन् । एउटै फ्लाटमा बस्ने छिमेकी तथा बिल्डिङ वरपरका मान्छेले प्रशासनलाई जानकारी गराए । प्रहरी र एम्बुलेन्स आईपुग्यो। त्यतिन्जेल राधिकाका श्रीमान नेत्र प्रसाद त्यहाँबाट फरार भईसकेका थिए ।
भाई थानेस्वर पनि डराएर आफ्नो सानो झोला र पास्पोर्ट लिएर ट्याक्सी चढेर सारजाह विमानस्थल नजिकै होटलमा गएर त्यो रात बिताए । दिदी भिनाजु सँगसगै बसेर मधिरा पिएका थानेस्वरलाई बिस्तारै मधिराले पनि छोड्यो र आफ्नो दिदी माथि अन्याय भएको सम्झेर आँफै पुन नजिकैको प्रहरी चौकी पुगेर घटनाबारे बताए । घटनाको आंशिक जानकारी भएका भाई थानेस्वरलाई लाग्यो, भिनाजु नेत्र प्रसादलाई प्रहरीले समातेको होला । तर प्रहरीले नेत्र प्रसाद फरार भएको र आफ्नो अनुसन्धान गरिने बारे बताएको थानेस्वरलाई स्मरणमा छ ।
४ दिन प्रहरी हिरासतमा राखेर थानेस्वरलाई अजमानको अल जुर्फ पुलिश स्टेसनले रिहा गरिदियो । परदेशको ठाउँ, समुन्द्र पारी जसको भरोसामा आएको उही दिदी नहुँदा थानेस्वरलाई यूएई बस्न मन लागेन । ज्यान गुमाएकी दिदिको शब लिएर नेपाल फर्किने आट पनि आएन । जेनतेन नेपाल पुग्न सके घटना बारे परिवारलाई भन्थे र दोशी रहेछ भने भिनाजु नेत्र प्रसादलाई सजाय दिलाउला भन्ने सोचेर भिजिट भिसा नसकिदै नेपाल जान टिकट काटेर विमानस्थल पुगेका थानेस्वरलाई उडान गर्न दिईएन । दुबईको अध्यागमनले उनलाई यात्रा अनुमती नभएको (ट्राभल ब्याण्ड) भएको भन्दै अध्यागमनमा रोक्यो । निराश हुँदै थानेस्वर बरदुबई फर्किए ।
गरिखान मेडिकल फेल, घरदेश फर्किन बन्देज
अर्काको देश । नेपाल हिंडेका थानेस्वर फर्किन नपाएपछि थानेस्वर आँखाभरी आशु बोकेर आफन्त साथी भाईको शरणमा पुगे । राधिकाको आफन्तजनले दिदिको हत्यारा जसरी आफुलाई वचन लगाएको सम्झिदा थानेस्वर अहिले पनि भक्कानो छोड्छन् । दिदिको हत्या अभियोगमा साक्षी भएकै कारण आफु परिबन्धमा परेको थानेस्वरको बुझाई छ । थानेस्वर नेपाल फर्किन नपाएपछि दुबईमा काम खोजेर बस्ने भन्दै भिसा लगाउन खोजे । पेपर भिसा पनि लाग्यो । विडम्बना इमिरेट्स आइडीकार्ड बनाउन स्वास्थ्य परिक्षण गर्न जादा थानेस्वर मेडिकल फेल भए । न जस्ले बोलाएको उही दिदी रह्यो, न घरदेश फर्किन खोज्दा पाए, काम गरेर खान्छु र परिवार पाल्छु भन्ने थानेस्वरको सपना भताभुङ्ग भयो ।
अग्लो कदको मोटो शरीर लिएर दुबई छिरेका थानेस्वरको अहिले १९ किलो तौल घटेको छ । आँखा ओभानो नहुँदा सुन्नीएका छन् । आखी भौ क्रमशस् पातलिदै गएका छन् । ओठ र जिब्रोमा घाऊ भएको छ । रुँदारुँदै आँखा राता भएका छन् । अदालत धाउन कयौ पटक अजमान पुगेका उनी बाटोमै धेरै पटक ढलेका छन् । आफु सानै छँदा स्वर्गिय भएका बुवाको श्राद्द गर्न एकछाकी बसेका थानेस्वर बेहोस् भएर दुबईमै ढले, छिमेकीहरुले थाहा पाएर उनलाई उठाए ।
६ महिनाको काखे छोरी छोडेर दुबई आएका थानेस्वर जेनतेन त्यही छोरीको तोते बोली सुन्न नेपाल जान चाहन्छन् । त्यही चाहानालाई मनोबल बनाएर उनी अहिलेसम्म बाचिरहेका छन् ।
थानेस्वरलाई अहिले दुबईमा कानुनी समस्या परेको छ । दिदिको हत्या हो वा मृत्यु आफुले भन्न सक्ने अवस्थामा उनी छैनन् । सँगै भए पनि उनले घटना के भएको आफ्ना आँखाले नदेखेको बताए । त्यही बयान उनले हिरासतमा प्रहरीलाई समेत दिएका हुन । आफुले नदेखेको कुरा झुट बोल्न हुँदैन, राधिकामाथि अन्याय भएको अनुसन्धानले पुष्टी गरे आफुलाई जुनसुकै सजाय दिए पनि सहने बताउदै आएका थानेस्वरले आफ्नो काखे छोरीको अनुहार हेर्न भए पनि नेपाल फर्किन चाहेको बताएका छन् । बरदुबईमा रहेकी अर्घाखाँचीकी एक जनाले आफ्नो कोठामा विस्तारा दिएर थानेस्वर बसिरहेका छन् । त्यहाँ भाडा र खानाको तिर्न समेत पैसा छैन ।
ऋण काडेर बिदेश उडेका श्रीमानले कमाउलान् र घर जोहो गरौला भनेकी थानेस्वरकी श्रीमती गीता कोखिलामा छोरी च्यापेर चाडबाड आउँदा परदेशीएका श्रीमानको बाटो कुरिरहेकी छिन् । अर्घाखाँचीमा रहेकी आमाले नाक कानमा लगाएका पुराना गहना बेचेर पठाएको केही रकमले थानेस्वरले सुरुका केही महिना दुबईमा बिताए । तर अब भने नेपालमा घर रित्तो छ यता थानेस्वरको चिन्ता थपिदो छ ।
कानुनी सहयोग गरिदिन दुतावास तथा संघसस्थामा अपिल
कानुनी परिबन्धमा फसेका थानेस्वरलाई हालसम्म कसैले सहयोग गरेका छैनन् । बल्कोट अर्घाखाँची संपर्क समाज यूएईले एनआरएनए र नेपाली समाजलाई घटना बारे जानकारी गराउदै कानुनी प्रतिरक्षाका लागी नेपाली दूतावास आबुधावीलाई गुहारेको छ । यधपी ६ महिना बितिसक्दा पनि थानेस्वरले राहत पाउन सकेका छैनन । अजमानका पुराना व्यवसायी तथा समाजसेवी वेदप्रकाश पोखरेलले ब्याक्तिगत रुपमा कैयौ पटक अदालत, प्रहरी प्रशाशन तथा अनुसन्धान ब्युरो सम्म पुगेर थानेस्वरको उद्दारका लागि अनुनय गरिरहेको बताए । यधपी संघसस्थाको स्तर भन्दा माथिल्लो तहबाट नेपाली दूतावास आँफैले कुटनीतिक रुपमा पहल गरे मात्रै थानेस्वर नेपाल फर्किन सक्ने पोखरेलको निष्कर्ष छ ।
लामो समय थानेस्वरको मुद्दा हेर्दै आएका पोखरेलका अनुसार प्रहरीको मुचुल्कामा थानेस्वर सहितको नाम अदालतमा बुझाएको तर प्रयाप्त प्रमाण नभएकाले अदालतबाट मुद्दा पुन प्रहरी चौकीमा फिर्ता भएको देखिन्छ । त्यसैले समयमै दूतावासले पहल गरे थानेस्वर नेपाल फर्किन सक्ने देखिन्छ । समस्यामा परेका थानेस्वरले आफ्नो सास सहितको शरीर नेपाल पठाइ सहयोग गरिदिन सम्बन्धित संघसस्था तथा यूएईमा रहेको नेपाली दूतावास समक्ष अपिल गरेका छन्।



