Oct 28 2026 | २०८३ कार्तिक १२ गते

क्रोएसिया जान लागेका १५ बंगलादेशी नागरिक काठमाडौंमा पक्राउ

क्रोएसिया जान लागेका १५ बंगलादेशी नागरिक काठमाडौंमा पक्राउ

बुधवार, आश्विन १६ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि क्रोएसिया जाने प्रयासमा रहेका १५ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई ठमेल र सोह्रखुट्टेबाट पक्राउ गरेको हो । उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएई हुँदै क्रोएसिया जाने तयारीमा थिए । 

    images

    बंगलादेशी नागरिकहरू एजेन्टमार्फत भारतबाट भिसा लिएर क्रोएसिया जाने गरेको तथ्य खुलेको प्रहरीले बताएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीहरु ओभरस्टेलगायत आरोपमा पक्राउ परेका हुन् ।

    पछिल्लो पटक बंगलादेशमा शेख हसिनाको सत्ता ढलेपछि बंगलादेशीलाई भारत प्रवेशमा कडाइ गरिएका कारणले उनीहरूले सजिलो बाटो खोज्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएका हुन् । यसका लागि उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न एजेन्टलाई ठूलो रकम खर्च गरेको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार