काठमाडौँ । इजरायलले केयर गिभरका लागि छनोटमा परेका २११२ जना कामदारको सूची नेपालस्थित वैदेशिक रोजगार विभागलाई पठाएको छ।
इजरायलस्थित पिवाले लक्की ड्रमार्फत ११५६ महिला र ९५६ पुरुष गरी २११२ जनाको नामसहित विभागलाई असोज १३ मा सूची पठाएको हो।
इजरायलबाट सञ्चालन गरिने ¥यान्डम सेलेक्न–लट्रीअन्तर्गत उक्त संख्यामा केयर गिभरका लागि सूची पठाएको हो। सूचीमा परेका उम्मेदवारले अर्को सूचना आएपछि स्वास्थ्य परीक्षणलगायत प्रक्रिया पूरा गर्नुपर्ने विभागको सूचनामा उल्लेख छ।
नेपाल सरकार र इजरायलबीचको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउने नेपाली सहायक कामदार (केयर गिभर) छनोटका लागि वैदेशिक रोजगार विभागले २००० हजारको आवेदन मागसहित गत असार ११ मा सूचना प्रकाशित गरेको थियो।
यस्तो छ रोजगार विभागमा पठाएको सूची



