फलेन्द्र मगर, यूएई । नेपाल आदिवासी जनजाति महासंघ यूएईको वार्षिक साधरण सभा सम्पन्न भएको छ ।
याक एण्ड यती एभरेष्ट क्लब वरदुबईमा सम्पन्न उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ यूएईको अध्यक्ष बिक्रम लिम्बुको प्रमुख आथित्य र संस्थाको संरक्षक सदस्य प्रमोद श्रेष्ठ विशेष आथित्यता रहेको थियो भने महासंघमा आबद्ध ११ वटै जातिय संघसंस्थाका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

संस्थाका वरिष्ठ उपाध्यक्ष हरि मोक्तानले कार्यक्रममा उपस्थितहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा २३/२५ कार्यकालको आर्थिक तथा भौतिक आयव्यय प्रस्तुत गरिएको थियो । सह कोषाध्यक्ष भिमा लिम्बुले प्रस्तुत गरेकी उक्त आयव्यय २२,०५६ दिराम बचत रहेको जानकारी दिएकी थिईन्।
कार्यक्रम नेफिन यूएईका महासचिव धनकृष्ण राईले संचालन गरेका थिए।



