Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आजदेखि अभिमुखीकरण तालिममा आइरिस प्रणाली लागू

आजदेखि अभिमुखीकरण तालिममा आइरिस प्रणाली लागू

आइतवार, आश्विन १३ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगार विभागले आज अर्थात् असोज १३ गतेदेखि वैदेशिक रोजगार अभिमुखीकरण तालिममा आइरिस प्रणाली लागू गरेको छ।

    विभागको निर्णय अनुसार फेसटाइम एटेण्डेन्ट, आँखाको रेटिना रेकर्ड गर्ने आइरिस रेकग्निसन सिष्टम र देशगत कलष्टर लागू गरेको हो ।

    images

    २०८१/०४/२९ गतेको मन्त्रीस्तरीय निर्णय कार्यान्वयन गर्न आवश्यक प्राविधिक तयारी पुरा भएको विभागले जनाएको छ । सोही आधारमा आजदेखि आईरिस प्रणाली लागू गर्न लागेको विभागले जनाएको हो । मन्त्रीस्तरीय निर्णयमा तयारी नपुगेको भन्दै व्यवसायीले समय माग गरेका थिए । अहिले सबै तयारी पुरा भएसँगै लागू गर्न लागिएको विभागले जनाएको छ ।

    वैदेशिक रोजगारमा जाने व्यक्तिलाई नपढाई हाजिरी मात्रै गराउने गरेको गुनासो बढेपछि मन्त्रालयले आईरिसको व्यवस्था गरेको थियो । गत वर्ष नै उक्त व्यवस्था गरिए पनि कार्यान्वयनमा आउन सकेको थिएन । तत्कालीन समयमा श्रममन्त्री भएका बेला हालका श्रममन्त्री शरतसिंह भण्डारीले कार्यविधि संशोधन गरेका थिए । कार्यविधि संशोधन गरेर तालिम प्रदायक संस्थाहरूलाई पूर्वाधार थप गर्नुपर्ने भनिएको थियो ।

    व्यवसायीले लिने शुल्क ७०० रुपैयाँबाट पढाएर २१०० समेत पुर्‍याइएको थियो । त्यसमा थप ७०० रुपैयाँ परीक्षा शुल्क भनेर श्रमिकले पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिनका लागि २८०० रुपैयाँ तिर्नेपर्ने भन्ने थियो । तर, त्यसपछि आएका श्रममन्त्री डीपी अर्यालले कार्यविधि संशोधन खारेज गर्दै पुरानै शुल्क कायम गरेका थिए । त्यसका विरुद्धमा व्यवसायीहरूले सर्वोच्च अदालतमा मुद्दा हालेका थिए ।

    सर्वोच्चले कार्यविधि संशोधन गरेको निर्णय खारेज नगर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि व्यवसायीहरूले बढेको शुल्क लिएर तालिम प्रदान गर्दै आएका छन् । उनीहरूले जोडेको आईरिस समेत विभागको सर्भरमा जोडिएको थिएन ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार