Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न

प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम सम्पन्न

आइतवार, आश्विन १३ २०८१
  • काठमाडौँ । प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    बैंकले गत शुक्रवार आफ्नो १७ औ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौँ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको हो ।

    images

    उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरुगरी ३९२ जनाले रक्तदान गरेका थिए । 

    सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्रबिधिकहरुलाई धन्यवाद दिदै, मानवजिवन रक्षाकोलागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारण व्यक्त गरे । 

    आगामि दिनमा पनि यस्तै बिभिन्न सामाजिक सेवाका कार्यहरु गर्दैजाने प्रतिबद्धता पनि व्यक्त गरे । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार