Oct 28 2026 | २०८३ कार्तिक १२ गते

साउदीद्धारा गैरकानुनी रूपमा बसेका १२ हजार आप्रवासी कामदारलाई देश निकाला

साउदीद्धारा गैरकानुनी रूपमा बसेका १२ हजार आप्रवासी कामदारलाई देश निकाला

शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौं । साउदी अरेबियाले गैरकानुनी रूपमा बसेका १२ हजार आप्रवासी कामदारलाई देश निकाला गरेको छ । आप्रवासीहरू विरुद्ध राष्ट्रव्यापी बन्दाबन्दीका बीचमा १२ हजार १ सय १ जना आप्रवासीलाई देश निकाला गरेको हो ।

    साउदी गृह मन्त्रालयले जारी गरेको साप्ताहिक अपडेटनुसार राज्यको निवास, श्रम र सीमा सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा एक सातामा २२ हजार ७ सय १६ विदेशीलाई पक्राउ गरिएको थियो । सुरक्षा बल र सम्बन्धित सरकारी निकायले गरेको संयुक्त क्षेत्रीय सुरक्षा अभियानमा पक्राउ परेकाहरूमा रेसिडेन्सी ऐन उल्लंघन गर्ने १४ हजार ४ सय ४६, सीमा सुरक्षा उल्लंघन गर्ने ४ हजार ७ सय ८० जना र श्रम कानुन उल्लंघन गर्ने ३ हजार ४ सय ९० जना रहेका छन् ।

    images

    सिमाना पार गरेर राज्यमा प्रवेश गर्न खोज्दा १ हजार ५ सय १३ जनालाई पक्राउ गरिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । यस्तै, नियम कानुन उल्लंघन गर्नेलाई ओसारपसार गर्ने, आश्रय दिने र रोजगारी दिने १० जनालाई पनि पक्राउ गरिएको छ ।

    कुल ६ हजार ७ सय ६५ उल्लंघनकारीलाई यात्रा कागजात लिनका लागि आफ्नो कूटनीतिक नियोगमा पठाइएको छ । २ हजार २ सय ३२ उल्लंघनकारीलाई यात्रा रिजर्भेसन पूरा गर्न पठाइएको र १२ हजार १ सय १ उल्लंघनकारीलाई देश निकाला गरिएको मन्त्रालयले जनाएको छ ।

    साउदीमा कानुन उल्लंघन गर्नेलाई १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिमाना र यी अपराधमा प्रयोग हुने सवारीसाधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार