काठमाडौं । भदौ महिनामा एसओएस म्यानपावर सर्भिस प्रा. लि. ले ९ सय ७ जना कामदारलाई वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाएको छ ।
गत महिना अर्थात् भदौमा २९ हजार ५ सय २८ जना कामदारले संस्थागत अर्थात म्यानपावर कम्पनीबाट श्रम स्वीकृति लिएका छन्। जसमध्ये एसओएस म्यानपावर सर्भिस प्रा.लि. ले सबैभन्दा धेरै कामदार पठाए धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा आएको हो ।
यसैगरी एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्स प्रा.लि. ले ८२० जना कामदार पठाएर दोस्रो र नील कमल ह्युमन रिसोर्स प्रा.लि. ले ५०६ जना कामदार पठाएर तेस्रो बनेको छ । भने ६ दर्जन म्यानपावर कम्पनीले कम्तीमा एक सय बढी कामदार वैदेशिक रोजगारमा पठाएका छन् ।



