Oct 28 2026 | २०८३ कार्तिक १२ गते

हुण्डी कम गर्न भन्दै नेपाली श्रमिकको लागि ईन्डेक्स एक्स्चेन्ज यूएईको १० लाख रूपैयाँ उपहार योजना

हुण्डी कम गर्न भन्दै नेपाली श्रमिकको लागि ईन्डेक्स एक्स्चेन्ज यूएईको १० लाख रूपैयाँ उपहार योजना

शुक्रवार, आश्विन ४ २०८१
  • दुबई। यूनाईटेड अरब ईमिरेट्स (यूएई) मा कार्यरत नेपाली श्रमिकहरुले दसैंंको अवसरमा नेपाल पैसा पठाए १० लाख रुपैयाँ र हवाई टिकट पाउने भएका छन् । गत आईतबार ईन्डेक्स एक्चेन्जले दुबईमा आयोजना गरेको कार्यक्रममा उक्त योजना घोषणा गरेको हो । नेपाली श्रमिकहरुको पैसा बैधानिक तरिकाले नेपाल जाओस भनेर कम्पनीले उक्त योजना ल्याएको नेपाली प्रतिनिधि नबिन पौडेलले बताए ।

    योजनाको नेपाली दूताबासका श्रम काउन्सिलर दिनबन्धु सुबेदी र ईन्डेक्सका सिओओ साईद अब्दुस सलामले संयुक्त रुपमा घोषणा गरेका थिए ।

    images

    कार्यक्रममा श्रम काउन्सिलर दिनबन्धु सुबेदीले हुण्डी कार्य गैरकानूनी हुने भन्दै नेपाली समुदायका प्रतिनिधिहरुले नेपाली कामदारहरु माझ जनचेतना फैलाउन बिशेष भूमिका निर्वाह गर्नु पर्ने बताए । बैधानिक च्यानल मार्फत रेमिट गर्दा हुने फाईदाहरुको बारेमा सबैले बुझ्न र बुझाउन जरुरत रहेको सुबेदीले जोड दिए । “यसमा तपाईं समाजसेवी, आम नागरिक, पत्रकार र ब्यवसायिक कम्पनीहरुको अहम भूमिका हुन्छ, सुबेदीले भने, दुई चार पैसाको लोभमा गैर कानूनी गतिबिधिलाई प्रोत्साहन हुने कार्य कसैले पनि गर्नु हुन्न ।”

    7607f578-47be-46f2-8517-ffcec1627332.jfif

    यूएईको प्रमुख एक्स्चेन्ज कम्पनी मध्येको एक ईन्डेक्स एक्स्चेन्जका सिओओ सलामले ईन्डेक्स एक्स्चेन्जबाट नेपाल पैसा पठाउॅदा १० लाख रुपैयॅा सहित हवाई टिकट उपहार पाईने मात्रा नभएर यसले नेपाल राष्ट्रलाई पनि सहयोग पुग्ने बताए । “हामी ब्यवसाय मात्र गर्दैनौं, ब्यवसायीको तर्फबाट निर्वाह गर्नुपर्ने कर्तब्य र सामाजिक दाईत्व पनि निर्वाह गर्छौं, सलामले भने, यो उपहार कार्यक्रमले केही नेपाली श्रमिकहरुको मुहारमा मुस्कान ल्याउने छ, त्यसले हामीलाई झनै खुसी बनाउनेछ ।”

    उपहार कार्यक्रम ३१ अक्टोबर सम्म रहने कम्पनीले जनाएको छ । बिगत तिन वर्ष  देखि हरेक वर्ष  दशैंको अवसरमा नेपालीहरुको लागि मात्र भनेर यस्तो योजना ल्याउॅदै आएको ईन्डेक्सका प्रमुख ब्यापार प्रबर्तक मीर के रसूलले जानकारी गराए ।

    कार्यक्रममा गैर आवासीय नेपाली सॅघ (एनआरएनए)  यूएईका अध्यक्ष बिकास शाही, नेपाली समाजका अध्यक्ष बेद प्रसाद अर्याल र समाजसेवी एकेन्द्र थापाले ईन्डेक्स एक्सचेन्जको यो कार्यको प्रशंसा गरेका थिए । नेपाल पत्रकार महासंघ यूएईका अध्यक्ष मेघराज सापकोटाले बैधानिक तवरले रेमिटेन्स पठाउन आयोजना गरिने यस्ता कार्यहरुलाई सहयोग गर्ने प्रतिबद्दता जनाए ।

    uae.JPG
    undefined

    एनआरएनए अध्यक्ष शाहीले आफ्नो संस्थाले छिट्टै नै हुण्डी बिरोधी जनचेतना जगाउने बिशेष कार्यक्रम ल्याउने र एक्सचेन्ज हाउस सहित सबैले सहकार्य गर्न अनुरोध गरे । नेपालमा रेमिटेन्स आप्रबाह गर्ने प्रमुख मुलुकहरु मध्ये यूएई पनि एक हो । यद्दपि अहिले पनि यूएईबाट अबैधानिक च्यानल मार्फत पैसा नेपाल पठाउनेको सॅख्या ठूलो रहेको अनुमान छ ।

    यूएईमा ब्यवसायी, पर्यटक र कामदार गरेर झण्डै ६ लाख नेपालीहरु रहेको अनुमान छ । ती मध्ये कतिले बैधानिक तरिकाले पैसा नेपाल पठाउँछन् भन्ने कुनै तथ्यांक छैन ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार