Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि आक्रमण गर्ने को हुन् ?

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि आक्रमण गर्ने को हुन् ?

मंगलवार, आश्विन १ २०८१
  • काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आइतबार दिउँसो फ्लोरिडाको गल्फ कोर्समा खेलिरहेका अवस्थामा फेरि हत्या प्रयास भएको थियो ।

    गोली प्रहार गर्ने संदिग्ध ५८ वर्षीय रायन वेस्ली रोथ थिए । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    images

    ट्रम्पलाई एके–४७ शैलीको राइफलबाट गोली हानिएको थियो । त्यसपछि प्रहरी अधिकारीले गल्फ कोर्सको बारमा झुण्डिएको दुईवटा झोला, एउटा बन्दुक र एउटा गोप्रो क्यामरा फेला पारेका थिए । गोली प्रहार गर्ने व्यक्ति रोथ झाडीमा लुकेका थिए । त्यतिबेलै सिक्रेट सर्भिस एजेन्ट्सका अधिकारीले देखेपछि उनीमाथि गोली चलाएका थिए ।

    सिक्रेट सर्भिस एजेन्ट्सका अधिकारीले उनीमाथि गोली चलाएपछि रोथ झाडीबाट निस्किएर कालो रङको कारमा भागेका थिए ।

    अमेरिकी सञ्चारमाध्यमका अनुसार रोथ ग्रीन्सबोरो उत्तरी क्यारोलिनाका पूर्वमजदुर हुन् । रोथको कुनै सैन्य पृष्ठभूमि छैन । तर, विगतमा सशस्त्र द्वन्द्वमा भाग लिने चाहना थियो । खासगरी रुसले युक्रेनमा गरेको आक्रमणपछि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले युक्रेनमा लड्ने इच्छा व्यक्त गरेका थिए ।

    रोथ हिंसामा संलग्न भएको यो पहिलोपटक भने होइन । उनी पटक–पटक हिंसात्मक गतिविधिमा जोडिँदै आएका छन् ।

    एजेन्सीको सहयोगमा 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार