Oct 28 2026 | २०८३ कार्तिक १२ गते

ट्रम्पको फेरि हत्या प्रयास

ट्रम्पको फेरि हत्या प्रयास

सोमवार, भाद्र ३१ २०८१
  • काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचनका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि हत्या प्रयास भएको छ । ट्रम्प लक्षित गोली चले पनि उनी सुरक्षित रहेको बताइएको छ ।

    फ्लोरिडाको एक गल्फ कोर्समा ट्रम्पमाथि एके ४७ जस्तो देखिने हतियारबाट आक्रमण प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    images

    समाचारहरूका अनुसार फ्लोरिडाको गल्फ कोर्सबाट ट्रम्प निस्किँदा उनी लक्षित गोली चलेको थियो । ट्रम्पको चुनावी अभियानका प्रवक्ता स्टेभेन चेयुङका अनुसार ट्रम्प सुरक्षित छन् । उनको नजिकै गोली चलेको अमेरिकी विश्व च्यानल सीएनएनले उल्लेख गरेको छ ।

    यसअघि गत जुलाई १३ मा अमेरिकाको पेल्सिल्भेनियाको बट्लर क्षेत्रमा भएको चुनावी सभामा ट्रम्पलाई गोली हानिएको थियो । त्यतिखेर उनको कानको टुप्पोमा गोली लागेर पनि बाँच्न सफल भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार