काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को भेला काठमाडौंमा हुने भएको छ । संघका अनुसार आउँदो अक्टोबर २७ र २८ मा संघको दिवस र वार्षिक साधारण सभा गरिने भएको हो।
संघले राष्ट्रिय समितिहरूसँग मिलेर अक्टोबर महिनाभर एनआरएनए डे को कार्यक्रम सार्वजनिक गर्ने तयारी समेत गरेको छ ।संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आईसीसीको ९९ औं बैठकले एनआरएनए नागरिकता, नेपालमा लगानी अनुकूलता, एनआरएनए डे तथा वार्षिक साधारण सभामा सबैको सक्रियता र आगामी कार्यक्रमका बारेमा निर्णय गरि प्रेस विज्ञप्ति जारी गरेको छ ।
एनआरएनए डे र साधारणसभाको तयारीको लागि संघले डा. हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको छ। साधारणसभामा महासचिव गौरीराज जोशीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुदन थापाले आर्थिक प्रतिवेदन पेश गर्ने भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली रहने छन्। भने एनआरएनए डेमा परराष्ट्र मन्त्री डा. आरजु देउवा, गृहमन्त्री रमेश लेखक लगायत सरकारका उच्च अधिकारीहरूको सहभागिता रहने आयोजकले जानकारी दिएका छन्।



