Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यात्रुको बिदाईमा खादा, माला प्रयोग नगरिदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आग्रह

यात्रुको बिदाईमा खादा, माला प्रयोग नगरिदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आग्रह

बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको बिदाईमा खादा, माला प्रयोग नगरि दिन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।

    सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरु),कन्भेयर बेल्ट तथा स्केलेटरहरुमा अड्किएर उपकरणहरुलाइ गम्भीर क्षति पुर्‍याएकाले बाहिर देखिने गरी खादा माला प्रयोग गर्न वा नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो ।

    images

    कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले माला र खादा विमानस्थलका विभिन्न भागमा छाडी जाने गर्नाले विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको उल्लेख छ। यात्रुले सँगै लानुपर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरि राखेर मात्र लग्न पाइने सूचनामा भनिएको छ।

    केहिदिन अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश उड्न लागेका एक यात्रुमाथि प्रहरीले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले यस्तो अनुरोध गरेको हो ।

    विमानस्थलको सुरक्षामा खटिएका प्रहरीले यात्रुले लगाएको खादा थुत्न खोजेको भिडियो सार्वजनिक भएपछि सवत्र आलोचना भएको थियो।

    Tia_VmWeRZwSYW.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार