वैदेशिक रोजगारमा ईटली पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट ९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका–४ घर भइ हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३४ वर्षीय कर्णसिंह साउद रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
‘साउदले ईटली पठाउने भन्दै आठ जनाबाट रु नौँ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो,’ एसपी आचार्यले भने।
साउदलाई मंगलबार काठमाडौँ महानगरपालिका–२८ बागबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।



