Oct 28 2026 | २०८३ कार्तिक १२ गते

लखनउमा भवन भत्किँदा चारको मृत्यु, २८ जनाको उद्धार र धेरै फसेको आशंका

लखनउमा भवन भत्किँदा चारको मृत्यु, २८ जनाको उद्धार र धेरै फसेको आशंका

आइतवार, भाद्र २३ २०८१
  • लखनउ । लखनउको यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा शनिबार चार जनाको मृत्यु, २८ जनालाई उद्धार र धेरै जना फसेका छन् ।

    लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् । 'हालसम्म २८ जनाको उद्धार गरिएको छ । राष्ट्रिय प्रकोप प्रतिकार्य बल (एनडीआरएफ), राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ), अग्नी नियन्त्रक र प्रहरीले घटनास्थलमा उद्धार कार्य गरिरहेका छन्,' लखनउ नगरपालिका आयुक्त इन्द्रजित सिंहले एएनआइलाई भने ।

    images

    प्रमुख अग्नी नियन्त्रक अधिकृत (सीएफओ) मङ्गेश कुमारले भत्किएको भवनमा अझै धेरै मानिस फसेको आशंका गरिएको बताए ।

    अलपत्र परेकाहरुको उद्धार कार्य जारी रहेको छ । दमकल विभाग, एनडीआरएफ र एसडीआरएफ टोली घटनास्थलमा छन् । घाइतेहरुलाई अस्पताल पठाउने काम भइरहेको छ । थप विवरणहरू आउन बाँकी छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार