Oct 28 2026 | २०८३ कार्तिक १२ गते

उच्चस्तरीय भ्रमण

प्रधानमन्त्री ओलीसहित २२ जनाको जम्बो टोली अमेरिका भ्रमणमा जाँदै, को–को छन् सहभागी ?

प्रधानमन्त्री ओलीसहित २२ जनाको जम्बो टोली अमेरिका भ्रमणमा जाँदै, को–को छन् सहभागी ?

शुक्रवार, भाद्र २१ २०८१
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण २२ सदस्यीय हुने भएको छ । 

    राष्ट्रसंघको महासभाका लागि प्रधानमन्त्री सहितको टोली असोज ६ गते न्युयोर्क जान लागेको हो । जसलाई भदौ २० मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

    images

    भ्रमण दलमा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री डा आरजु राणा देउवा छन् । यसैगरी, प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नीजि सुरक्षा अधिकारी, श्रीमती राधिका शाक्य, स्वकीय सचिव राजेश बज्राचार्य, स्वास्थ्य टीम र एकजना फोटोग्राफर हुनेछन् ।

    यस्तै, परराष्ट्र सचिव सेवा लम्साल, मन्त्रीका नीजि सुरक्षा अधिकारी र स्वकीय सचिव भ्रमणदलमा रहनेछन् । भ्रमण एक साताको हुनेछ । 

    नेपालबाट अमेरिका प्रस्तान गर्दा र फर्किँदा जति रकम लाग्छ त्यो राज्यले बेहोर्नुपर्छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार