Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अस्ट्रेलियाको जिडिपीमा गिरावट, वार्षिक आर्थिक वृद्धि १.०५ प्रतिशत

अस्ट्रेलियाको जिडिपीमा गिरावट, वार्षिक आर्थिक वृद्धि १.०५ प्रतिशत

बिहिवार, भाद्र २० २०८१
  • अस्ट्रेलियाले कोभिड–१९ महामारीको अवधिलाई छोडेर ३० वर्षभन्दा बढीको अवधिमा सबैभन्दा कम वार्षिक आर्थिक वृद्धि (१.०५ प्रतिशत) को रिपोर्ट गरेको छ ।

    अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबिएस) ले बुधबार जारी गरेको आधिकारिक तथ्याङ्कले २०२३ जुलाई १ देखि सन् २०२४ जुन ३० सम्मको आर्थिक वर्षमा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) १.०५ प्रतिशतले बढेको देखाएको छ । यो जुन आव २०२२/२३ मा ३.०१ प्रतिशत थियो ।

    images

    एबिएसका अनुसार सन् १९९१/९२ को आर्थिक मन्दीपछि ०.०४ प्रतिशतको आर्थिक वृद्धिदर रहेकामा कोभिड महामारीलाई छोडेर यो अस्ट्रेलियाको सबैभन्दा कम आर्थिक वृद्धिदर हो ।

    त्रैमासिक आधारमा अप्रिलको सुरुदेखि जुनको अन्त्य तीन महिनामा अर्थतन्त्र ०.०२ प्रतिशतले वृद्धि भएकामा सन् २०२३ को अन्तिम ३ महिना र सन् २०२४ को पहिलो ३ महिनामा भएको वृद्धिसँग मिल्दोजुल्दो देखिन्छ ।

    विश्वव्यापी अनिश्चितता, उच्च मूल्य दर र निरन्तर मुद्रास्फीतिलाई प्रतिबिम्बित गर्दै गत त्रैमासिकमा अर्थतन्त्रमा सीमित वृद्धि भएको पुष्टि गरेको अर्थमन्त्री जिम चाल्मजले तथ्याङ्कको प्रतिक्रियामा जनाए ।

    उनले यसले मानिसहरूको दबाबलाई देखाउने बताए । उनका अनुसार यसले अर्थतन्त्रलाई हानि नपुग्ने गरी मुद्रास्फीतिसँग लड्न र मानिसहरूलाई कडा मेहनत गर्न सहयोग पुर्याउन मुलुकको योजनालाई उचित ठहर्याउँछ ।

    एबिएसले जुनमा समाप्त हुने त्रैमासिकमा घरेलु खर्च अघिल्लो तीन महिनाको तुलनामा ०.०२ प्रतिशतले कम हुँदा जिडिपी वृद्धिमा ०.०१ प्रतिशत अङ्कले कमी भएको तर सरकारी खर्च १.०४ प्रतिशतले बढेको जनाएको छ ।

    अघिल्लो २ त्रैमासिकमा गिरावट आएपछि जुनमा समाप्त हुने त्रैमासिकमा सेवा निर्यात ५.०६ प्रतिशतले वृद्धि भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार