काठमाडौं । सयजना कामदार पठाउन नसक्ने म्यानपावर कम्पनीको ईजाजत नविकरण नगर्ने निर्णयबाट सरकार पछि हटेको छ । आज वैदेशिक रोजगार विभागले १०० भन्दा कम कामदार विदेश पठाउने म्यानपावरलाई इजाजतपत्र नवीकरणका लागि बोलाएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै १०० भन्दा कम कामदार पठाउने म्यानपावरलाई नवीकरणका लागि बोलाएको हो ।
गत साउन ३१ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले २०७९/८० र २०८/८१ मा वार्षिक रुपमा १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका यानपावर कम्पनी को आर्थिक वर्ष २०८१/८२ को लागि नवीकरण गर्न आएमा अन्तिम पटकका लागि नवीकरण गरिदिने निर्णय गरे अनुसार विभागले उनीहरुलाई इजाजतपत्र नविकरणको निम्ति बोलाएको हो ।
इजाजतको निम्ति पहिले नै निवेदन दिइसकेकाहरुले नपरेपनि निवेदन दिन बाँकी रहेका म्यानपावर कम्पनीले भने सोको निम्ति निवेदन दिनुपर्ने प्रावधान विभागले राखेको छ ।



