Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मलेसिया जाने नेपाली कामदाररूको संख्या घट्यो, रेमिट्यान्स बढ्यो

वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मलेसिया जाने नेपाली कामदाररूको संख्या घट्यो, रेमिट्यान्स बढ्यो

मंगलवार, भाद्र ४ २०८१
  • काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा करिब साढे १४ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार गत वर्ष १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण भित्रिएको छ ।

    यो रकम नेपालको वार्षिक बजेटभन्दा साढे ४ खर्ब कम हो । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

    images

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव पाँच प्रतिशतले वृद्धि भइ १० अर्ब ८६ करोड पुगेको भन्दै नेपाल राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि भएको जनाएको छ ।

    अघिल्लो आ.व. २०७९/८० मा रेमिट्यान्स त्यसभन्दा अघिल्लो वर्षको तुलनामा १३ दशमलव नौ प्रतिशतले बढेको थियो । गत वर्ष वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको संख्यामा ठूलो कटौती भएको छ । त्यसले रेमिट्यान्स आप्रवाहमा केही कमी ल्याएको छ ।

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत नयाँ श्रम स्वीकृति  लिने नेपालीको संख्या ४ लाख ६० हजार १ सय ३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १ सय ९९ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिको तुलनामा उक्त संख्या क्रमशः ४ लाख ९७ हजार ७ सय र २ हजार ७७ हजार दुई सय ७२ रहेको थियो ।

    वैदेशिक रोजगार व्यवसायीले सरकारले वैदेशिक रोजगार क्षेत्रबाट आएको रेमिट्यान्स गन्दै उपलब्धि भन्ने तर यस क्षेत्रमा रहेका वर्षौंदेखिका समस्या समाधान नगर्ने भन्दै परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालय मातहत निकायको कार्यशैलीको बारम्बार आलोचना गर्दै सुधारको माग गरिरहेका छन् ।

    दूतावासहरुले मागपत्र प्रमाणीकरण नगरिदिँदा युरोपेली मुलुकमा जाने वार्षिक करिब ५० हजार नेपाली कामदार असुरक्षित मानिने कन्सल्ट्यान्सीहरूबाट गइरहेको व्यवसायीहरू बताउँछन् ।

    परम्परागत श्रम गन्तव्यका रूपमा रहेका खाडीका देश र मलेसियाको विकल्प क्रोएसिया, रोमानिया, पोर्चुगलजस्ता देशहरू रहे पनि नेपाली दूतावासहरूको मागपत्र प्रााणीकरणमा रहेको उदासीनताले असुरक्षित वैदेशिक रोजगारलाई प्रश्रय दिएको र नेपाल आउने रेमिट्यान्स हुण्डीजस्ता अनौपचारिक क्षेत्रमा गएको उनीहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार