काठमाडौँ । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को सभापतिमा प्रजापाल गिरी निर्वाचित भएका छन्।
गिरी शुक्रबार सभापतिका अर्का प्रत्याशी प्रशन्न कोइरालालाई पराजित गर्दै निर्वाचित भएका हुन्। गिरीले ४८५ मत प्राप्त गर्दा कोइरालाले ३२८ मत पाए।
गिरी र कोइरालाले छुट्टाछुट्टै प्यानल बनाएर क्षेत्रीय अधिवेशनमा उम्मेदवारी दिएका थिए। निर्वाचनमा गिरी पक्षका उम्मेदवारले अधिकांश पदमा जित हासिल गरेका छन्।
सचिवमा पनि गिरी पक्षका छाया पोखरेल निर्वाचित भएका छन्। पोखरेलले ४५९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी चोलाप्रसाद पाठकले ३३१ मत पाए।
महाधिवेशन प्रतिनिधिमा पनि गिरी प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन्।



