Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रधानमन्त्री कार्यालयमा संसद् डेस्क स्थापना गर्न सांसद बुढाथोकीको माग

प्रधानमन्त्री कार्यालयमा संसद् डेस्क स्थापना गर्न सांसद बुढाथोकीको माग

शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. कृष्णहरि बुढाथोकीले संसद्मा सांसदहरूले उठाएका जनसरोकारका मुद्दाहरूको प्रभावकारी सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘संसद् डेस्क’ स्थापना गर्न माग गरेका छन्।

    प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद डा. बुढाथोकीले संसद्मा उठेका विषयहरूलाई तत्काल सम्बन्धित मन्त्रालयमा पठाउने, तिनको कार्यप्रगतिको निरन्तर अनुगमन गर्ने र त्यसको स्पष्ट जानकारी सम्बन्धित सांसदलाई गराउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

    images

    जनप्रतिनिधिका रूपमा सांसदहरू जनतासँग प्रत्यक्ष जोडिने भएकाले उनीहरूले सदनमा उठाएका समस्या र सुझावहरू सरकारका लागि काम गर्ने मुख्य मार्गदर्शन हुनुपर्ने उनको भनाइ थियो।

    सांसद डा. बुढाथोकीले चालु अधिवेशनमा आफूले शून्य, विशेष, आकस्मिक समय तथा विधेयकमाथिको सैद्धान्तिक छलफललगायत गरी ४२ पटक सदनमा आफ्ना धारणा राखिसकेको जानकारीसमेत दिए। उनले भने, ‘ती अभिव्यक्तिहरूमा मैले मेरो निर्वाचन क्षेत्र रामेछापका समस्या र सम्भावनादेखि देशका समग्र आर्थिक, सामाजिक तथा विकासका समस्या र सम्भावनासम्मका विषय उठाउँदै आएको छु। तिनको समाधानका उपाय, सुशासन, समृद्धि, सदाचारयुक्त मानवीय व्यवहार र सुसंस्कृत राजनीतिक संस्कार निर्माणका विषयमा पनि मैले निरन्तर आवाज उठाएको छु।’

    सांसदहरूले सदनमा उठाएका कुराहरू भाषण र संसद्को रेकर्डमा मात्र सीमित हुन नहुनेमा जोड दिँदै उनले सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएर व्यवहारमै कार्यान्वयन गर्नुपर्ने स्पष्ट पारे। प्रधानमन्त्री कार्यालयमा संसद् डेस्क स्थापना भएमा सांसदहरूले उठाएका मुद्दाको सुनुवाइ र कार्यप्रगतिको अनुगमन सहज हुने उनको विश्वास छ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार