Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भारतले थप २५१ मेगावाट बिजुली किन्ने, नेपालका १२ जलविद्युत् परियोजनाबाट थप विद्युत् लैजाने

भारतले थप २५१ मेगावाट बिजुली किन्ने, नेपालका १२ जलविद्युत् परियोजनाबाट थप विद्युत् लैजाने

सोमवार, भाद्र ३ २०८१
  • काठमाडौं । भारतले थप २५१ मेगावाट बिजुली किन्ने भएको छ । काठमाडौंस्थित भारतीय दूतावासले एक विज्ञप्ति जारी गर्दै नेपालका १२ वटा जलविद्युत् परियोजनाहरूबाट थप विद्युत् लैजाने जनाएको छ ।

    भारतले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् खरिद गर्ने सम्झौता गर्ने भएको छ । मध्यकालीन सम्झौतापछि दैनिक ४१ मेगावाट ९२८ वटा परियोजनाबाट भारतले बिजुली लैजान्छ ।

    images

    २५१ मेगावाट स्वीकृत हुनु अगावै नै गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रूपैयाँ बराबरको विद्युत् बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता तथा  खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।

    सन् २०२१ अक्टोबरमा नेपालले पहिलो पटक भारतमा ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति पाएको थियो ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार