Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सांसदहरूको भूमिका केवल बजेट माग्नेमा सीमित हुन हुँदैन : सांसद लामिछाने

सांसदहरूको भूमिका केवल बजेट माग्नेमा सीमित हुन हुँदैन : सांसद लामिछाने

शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका केवल आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट माग्ने काममा मात्र सीमित हुन नहुने बताएका छन्।

    शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांसदहरूले राष्ट्रिय ढुकुटी भर्ने नीति निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन्।

    images

    आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि बजेट माग्नु स्वाभाविक भए पनि राष्ट्रिय अर्थतन्त्रको समग्र अवस्थाबारे गम्भीर हुन आवश्यक रहेको उनले औँल्याए।भकारी रित्तो राखेर निरन्तर अन्न मागिरहे एक दिन भकारी नै रित्तिने चेतावनी दिँदै सांसद लामिछानेले नीति निर्माण तहमा बस्नेहरूको मुख्य जिम्मेवारी राष्ट्रिय ढुकुटी जोगाउने र भर्ने हुनुपर्ने स्पष्ट पारे।

    उनले आगामी हिउँदे अधिवेशनलाई केवल विधेयक पारित गर्ने परम्परागत प्रक्रियामा मात्र सीमित नराख्न सरकार र संसद्लाई आग्रह गरे। उनका अनुसार आगामी संसद् अधिवेशन उत्पादन वृद्धि, रोजगारी सिर्जना, लगानी आकर्षण र निर्यात प्रवर्द्धन गर्ने ठोस नीति तर्जुमा गर्ने सशक्त केन्द्र बन्नुपर्छ।

    उनले भने, ‘हामी केवल राज्यको ढुकुटीबाट माग्ने प्रतिनिधि मात्र होइनौँ, त्यो ढुकुटी भर्ने नीति बनाउने जिम्मेवार प्रतिनिधि पनि हौँ।’

    एउटा योजना माग्दा निर्वाचन क्षेत्रका केही मानिस तत्कालीन रूपमा खुसी भए पनि अर्थतन्त्रलाई बलियो बनाउने नीतिले सिङ्गो देश र भावी पुस्तासमेत दीर्घकालीन रूपमा लाभान्वित हुने तर्क उनले पेस गरे। अबको संसदीय प्राथमिकतामा राष्ट्रिय ढुकुटी भर्ने र सबल आर्थिक वातावरण निर्माण गर्ने नीतिलाई नै मुख्य एजेण्डा बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार