Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सत्तापक्षकै सांसद सुवेदीको प्रश्न– ‘सरकार, जनताका समस्या कहिले सुन्ने ?’

सत्तापक्षकै सांसद सुवेदीको प्रश्न– ‘सरकार, जनताका समस्या कहिले सुन्ने ?’

शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । रास्वपा दाङ क्षेत्र नम्बर–३ का सांसद कमल सुवेदीले संसदमा उठाएका जनसरोकारका विषयहरू ओझेलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदको शपथ लिएको १ सय ९१ दिन पुगिसक्दा पनि आफूले उठाएका विकास निर्माण र जनजीविकाका मुद्दाहरू सम्बोधन नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले भने, ‘संसद्मा उठाएका जनताका आवाज सुनिए कि शून्य समयमै शून्य भएर हराए ? कहिलेकाहीँ मनमा यस्तो प्रश्न उठ्छ ।’ उनले दाङ–३ क्षेत्रका सम्बन्धित मुख्य समस्याहरूलाई फेरि एकपटक सरकारको ध्यानाकर्षण गराएका छन्।

    images

    उनले विशेष गरी फुर्केसल्ली र मलईका निकुञ्जपीडितको बस्ती स्थानान्तरण, लमही–घोराही–तुलसीपुर सडक निर्माणमा भइरहेको ढिलाइ र सो क्षेत्रको कमजोर नेटवर्कको समस्या तत्काल समाधान गर्न माग गरेका छन्।

    ‘शान्तिनगर, दङ्गीशरण र बबईका नागरिकले मोबाइल उठाउँदा ‘नेटवर्क छैन’ भन्ने बाध्यता कहिले अन्त्य हुन्छ ? हरेक घरमा खानेपानी र विद्युत् पुग्नु नागरिकको नैसर्गिक अधिकार हो,’ उनले प्रश्न गरे।

    सांसद सुवेदीले अस्पतालको गुणस्तरीय सेवा, मलखादको सहज आपूर्ति, ग्यासको सहज उपलब्धता र शिक्षाको गुणस्तरमा सुधार गर्न सरकारसँग जोडदार माग गरे । साथै, उनले युवा शक्तिलाई बिदेसिनबाट रोक्न देशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए।

    ‘युवाहरू विदेशको टिकट होइन, देशमै अवसरको टिकट खोज्न चाहन्छन् । मैले उठाएका यी विषय दाङ–३ का जनताको पीडा र आवश्यकता हुन् । सरकारले यी आवाज सुनोस्, मनन गरोस् र नतिजा देखिने गरी काम गरोस्,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार