Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विदेश र अन्तरजिल्ला मतदानबारे आयोगले छलफल गर्दै

विदेश र अन्तरजिल्ला मतदानबारे आयोगले छलफल गर्दै

शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरू तथा अन्तर जिल्लाबाट मतदानको व्यवस्थाका लागि विभिन्न राजनीतिक दलहरूसँग छलफल गरी निचोडमा पुग्ने तयारी गरेको छ । त्यसका लागि आयोगले आज शुक्रबार केन्द्रीय कार्यालय काठमाडौँमा तीनै तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफलको आयोजना गरेको छ।

    बिहान साढे ११ बजेपछि सुरु हुने छलफलमा ४० भन्दा धेरै दलका नेताहरूलाई बोलाइएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । त्यसबाहेक निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगका विषयमा समेत आयोग र दलहरूबिच छलफल हुनेछ । सूचना अधिकारी घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४७ को व्यवस्थाअनुसार छलफल गर्न लागिएको बताए।

    images

    विदेशमा रहेका र अन्तर जिल्लाबाट मतदानको व्यवस्था हुनुपर्ने माग लामो समयदेखि हुँदै आए पनि आवश्यक कानुनी व्यवस्था र अन्य व्यवस्थापन अभावमा यो माग सम्बोधन हुन सकेको छैन । त्यसका आयोगले एकीकृत कानुन मस्यौँदा बनाएर गृह मन्त्रालयमा पठाएको लामो समय भए पनि त्यहाँबाट अघि बढ्न सकेको छैन।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार