Oct 28 2026 | २०८३ कार्तिक १२ गते

शेखर निकट नेता, कार्यकर्ता देउवा समूहको महाधिवेशनमा सहभागी हुने

शेखर निकट नेता, कार्यकर्ता देउवा समूहको महाधिवेशनमा सहभागी हुने

बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला निकटका नेता कार्यकर्ता पूर्वसभापति शेरबहादुर देउवाले समानान्तर रूपमा आयोजना गर्न लागेको महाधिवेशनमा सहभागी हुने भएका छन्।

    देउवा समूहले समानान्तर रूपमा असोज १५ गतेबाट वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

    images

    संस्थापनले भने यही असोज १८ गते १५ औँ महाधिवेशनको उदघाटन गर्ने बताएको छ । र तल्लो तहका अधिवेशन गरिरहेको छ।

    नेता डा. कोइरालाले पार्टी एक नभएसम्म दुवै तर्फका महाधिवेशनमा सहभागी नहुने बताएका छन् । तर, उनी निकट नेताहरू केही संस्थापनको महाहाधिवेशनमा सहभागी भएका थिए । केही भने देउवा समूहको महाधिवेशनमा सहभागी हुने तयारीमा छन्।

    डा. कोइरालाका स्वकीय सचिव दिनेश चन्द्र थपलियाले केही नेता कार्यकर्ता स्ववीवेकले देउवा समूहको महाधिवेशनमा सहभागी हुने जानकारी दिए।

    ‘हामीसँग जोडिएका केही संस्थापनको अधिवेशनमा भाग लिइरहनु भएको छ । बाँकी रहेका केही स्वविवेकले देउवा समूहले गर्न लागेको महाधिवेशनमा सहभागी हुनुहुन्छ,’ थपलियाले रातोपाटीसँग भने, ‘ दाइ (डा. शेखर कोइराला) कतै सहभागी हुनुहुन्न।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार